उर्जाको एउटा नविकरणीय योग्य स्रोत भनेको जल अर्थात पानी हो । नेपाल जलविद्यूत उत्पादन र यसको विकास बाट नेपाल र समग्र नेपालीहरुको आर्थिक विकास गर्न सकिने सम्भावना बोकेको देश हो । नेपालका विभिन्न नदीनालाहरुमा बग्ने पानीको सदूपयोग बाट विद्यूत उत्पादन गर्न सकिने संभावना हुूँदा हूँदै पनि सोचे अनूसार यस क्षेत्रको विकास हून सकिरहेको छैन । जलमा निहित ऊर्जा लाई प्रविधिको माध्यमबाट उत्पादन गरि सो उत्पादन लाई आम्दानीको स्रोत बनाउन सकेमा देशको आम्दानीमा निकै नै सहयोग पूग्ने देखिन्छ । जलस्रोत आफैमा आम्दानीको माध्यम नहून सक्दछ । उपयूक्त प्रविधिको प्रयोगले पानी बाट ऊर्जा उत्पादन गरिन्छ जून ऊर्जाले उपयूक्त मूल्य प्राप्त गर्दछ । 

प्राकृतिक स्रोत र सम्पदाले भरिपुर्ण सानो सून्दर देश नेपाल र नेपालीहरुको आर्थीक, सामाजिक तथा भौगोलिक विकासका लागी जलविद्यूत क्षेत्र पनि सशक्त माध्यम हून सक्दछ भन्ने सोचका साथ मिति २०६२/१२/०९ मा रु रु जलविद्यूत परियोजना  प्राइभेट लिमिटडको नामबाट विधिवत दर्ता भई  मिति २०७२/०४/०७  मा पब्लिक लिमिटेडमा परिणत भएको र मिति २०७१/१२/०९ देखी व्यवसायीक उत्पादन समेत भईरहेको अवस्था छ । गूल्मी जिल्लाको साविक (हरेवा ६ र रुपाकोट ७ गा.वि.स. स्थित)  हाल चन्द्रकोट गाँउपालिका वडा नं. ६ र ७ मा निर्माण भएको ५ मे.वा. क्षमता रहेको परियोजनाले आफ्नो विद्यूतीय उत्पादन कार्यलाई जारी नै राखेको छ । भौगोलिक अवस्था अनूसार उपयूक्त डिजाइन गरि निर्माण गरीएको यस परियोजनामा आधूनिक प्रविधीयूक्त तथा उपयूक्त मेशिनहरुको प्रयोग गरिएको छ । कम्पनीमा अनूभवी संचालक तथा दक्ष कर्मचारीहरु रहनू भएको छ । उहाँहरुको अथक प्रयास बाट नै हाम्रो कम्पनी निमार्ण सम्पन्न भई विद्युत बिक्रि वितरण गरि  विगत चार आर्थिक वर्षदेखी शेयरधनीहरुले लाभाशं प्राप्त गर्नृु भएको छ । परियोजनाका संरचना जडित उपकरण तथा प्रसारण लाइनको समय समयमा मर्मत तथा सभांर गरिनूले पनि विद्यूत उत्पादन सन्तोष प्रद रहेको  छ । 

छरिएर रहेको  स–साना पूँजी लाई एकिकृत गरि जलविद्यूत परियोजना सम्पन्न गर्ने तपाई हाम्रो सपना पूरा भएको अवस्था छ । अब यस कम्पनी लाई नेपालको जलविद्यूत विकासमा एक अग्रणी तथा उदाहरणीय कम्पनीको रुपमा स्थापित गर्ने हाम्रो रणनिति रहेको छ ।  हाल कम्पनीमा कूल ९६४ जना संस्थापक शेयरधनीहरुको लगानी रहेको छ । जून कम्पनीको पूँजी संरचनाको ८० प्रतिशत हो । बांकी रहेको मध्ये १०% आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा १०% सर्वसाधारणका लागी छूट्याईएकोमा शेयर पनि विक्री भैसकेको  छ । सार्वजनीक निष्कासन पछी कम्पनीको कूल पूँजी ४०,७७,०५,५००/– हूने छ । सार्वजनीक निष्कासन गर्नू पूर्व रेछिङ्ग कम्पनी इक्रा नेपाल लिमिटडबाट इस्युर रेछिङ्ग 
“[ICRA NP-IR] BBB”  / [ICRA NP] IPO Grade ३  प्राप्त गरेको छ । हाल  निष्कासन भइरहेको सार्वजनीक निष्कासनमा लगानी गर्नका लागी चासो राखी यहांहरुले कम्पनी प्रति प्रकट गर्नू भएको अपार माया सद्भाव र विश्वासका लागी हार्दिक धन्यवाद दिन चाहन्छू यसबाट हामीलाई आगामी दिनहरुमा अझ राम्रो गर्न प्रेरणा मिल्नुका सार्थ थप जिम्मेवारी पनि प्रदान गरेको छ ।

यस कम्पनीद्वारा निर्माण तथा संचालनमा रहेको माथिल्लो हूग्दीखोला जलविद्यूत परियोजना ५ मेगावाट निर्माण गर्ने अवस्था देखी हालसम्म साथ सहयोग गर्नूहूने तथा सद्रभाव राख्नुहुने सर्वसाधारण शेयरधनी महानूभावहरु, संचालक समितिका पदाधिकारीहरु, स्टेरिङ्ग कमीटीका पदाधीकारीहरु ,विभिन्न सरकारी निकाय, विभिन्न बैंक वित्तिय संस्थाहरु, ईक्रा नेपाल लिमिटेड, कम्पनीका कर्मचारीहरु तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कम्पनी संग सरोकार राख्नूहूने सम्पूर्णमा हार्दिक कृतज्ञता सहित धन्यवाद टक्र्याउन चाहन्छू । यहाँहरुको साथ सहयोग र हाम्रो सामूहिक प्रयासबाट आज हामीले नेपालको जलविद्यूत क्षेत्रमा आफ्नो उपस्थितिलाई गर्वका साथ प्रस्तूत गर्न सक्षम भएका छौं ।

 धन्यवाद

अध्यक्ष
आशिष सूवेदी