रु रु जलविद्युत परियोजना लिमिटेड मिति २०७८/०६/१६ गते सम्पन्न १५ औ र १६ औ  (आ.व. २०७६/०७७ र २०७७/०७८) बार्षिक साधारण सभाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आ.व. २०७७/०७८ अवधिको मुनाफा (लाभांश आम्दानीको हिस्सा) बाट चुक्ता पुँजीको १०% (दश प्रतिशत) बोनस शेयर वितरण गर्ने निर्णय पारित  भएको  ब्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ । सो नगद लााभांश र शेयर वोनस प्राप्त गर्नको लागी डिम्याट नभएका सबै शेयरधनीहरुले डिम्याड खाता खोली कम्पनीको रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्नुहुन वा आफ्नो शेयरलाई डिम्याटिरियालाइज गर्नु हुन सबैलाई अनुरोध गर्दछौ  ।