यस कम्पनीको मिति २०७८ भाद्र महिना ०१  गते मंगलबार तदअनुसार १७ अगस्ट  २०२१ बेलुका ४.०० बजे बसेको कम्पनीको संचालक समितिको बैठक नं ०२/२०७७/०७८ ले कम्पनीको आगामी पन्ध्रौँ र सोह्रौँ (आ.व. २०७६/०७७ र २०७७/०७८) वार्षिक साधारण सभामा साधारण सभा प्रयोजनार्थ कम्पनीको शेयर दाखिल खारेज बन्द हुने मिति सम्म कायम रहने शेयरधनीहरु लाई आ.व. २०७६/०७७ अवधिको मुनाफा ( लाभांश आम्दानीको हिस्सा) बाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आ.व. २०७७/०७८ अवधिको मुनाफा (लाभांश आम्दानीको हिस्सा) बाट चुक्ता पुँजीको १०% (दश प्रतिशत) बोनस शेयर जारी गर्ने  र सोको कर प्रयोजनका लागी ०।५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गर्ने निर्णय भएको  ब्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।