यस कम्पनीको अन्य जलविद्युत कम्पनीहरुको शेयरमा लगानी गर्ने निति रहे अनुरुप मिति २०८१/०६/०७ गते अपरान्ह ४ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसार, काठमाण्डौंमा बसेको कम्पनीको सञ्चालक समितिको निर्णयबाट सुम्निमा हाइड्रो पावर कम्पनी प्रा.लि. द्वारा प्रर्वद्धित भोजपूर जिल्लाको अपर पिखुवा खोला जलविद्युत आयोजना ४.९ मे.वा र पिखुवा पशुपति जलविद्युत आयोजना ४.१ मे.वा कोे विकास तथा निर्माणका लागि रु रु जलविद्युत परियोजना लि.कोे कम्तीमा ५१% (बहुमत शेयर) शेयर स्वामित्व कायम हुने गरी सुम्निमा हाइड्रो पावर कम्पनी प्रा.लि.को शेयरमा लगानी गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सवैमा जानकारी गराउदछौ ।