रु रु जलविद्युत परियोजना लि. र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी विच समझदारी पत्रमा हस्ताक्षर बारे ।

मिति २०८१/१०/१० मा यस कम्पनी द्वारा प्रर्वद्धित हुम्ला कर्णाली– १ जलविद्युत आयोजना (२३५ मे.वा.) र हुम्ला कर्णाली– २ जलविद्युत आयोजना  (३३५ मे.वा.) बाट उत्पादित उर्जा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले हुम्ला जिल्लाको सार्केगाड गा.पा.को तुम्चामा बनाउन लागेको 400/132/33 के.भी. सवस्टेशन मा जोड्ने सक्बन्धमा  RU RU तथा  RPGCL का बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको ब्यहोरा जानकारी गराउँदछु ।

View Mores Download

सुम्निमा हाइड्रोपावर कम्पनी प्रा.लि. द्वारा प्रर्वद्धित आयोजनाहरुको सिलन्यास गरिएको ।

रु रु जलविद्युत परियोजना लि.को बहुमत शेयर रहेको कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनी प्रा.लि. द्वारा प्रर्वद्धित भोजपुर जिल्लाका (क) माथिल्लो पिखुवा खोला जलविद्युत आयोजना ४.९ मे.वा र (ख) पिखुवा पशुपति जलविद्युत आयोजना ४.१, को मिति २०८१/०८/२२ गते कार्य शुभारम्भ गरिएको जानकारी सम्बन्धीत सबैमा गराउन चाहन्छौ । आयोजना सिलन्यास संग सम्बन्धीत गतिविधिहरुको तस्विरहरु सार्वजनिक गर्न पाउदा अत्यन्त हर्षित भएका छौं । कार्य शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष श्री आशिष सुवेदी ज्यूले दुवै कम्पनीका लगानीकर्ताहरु लाई विशेष धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरी लगानी कर्ता लगायत सम्वन्धीत सम्पुर्णको माया, सद्भाव, साथ र सहयोगको अपेक्षा रहेको कुरा व्यक्त गर्नुभयो । 
 

View Mores Download

शेयरधनीहरुलाई हालसम्म वितरण गरेको लाभांशको विवरण ।

कम्पनीले परियोजनाबाट व्यासायीक उत्पादन शुरुगरी शेयरधनीहरुलाई हालसम्म विवतरण गरेको लाभांशको  
विवरण ।  

View Mores Download

मौसम स्टेशन जडान सम्बन्धमा ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु रु जलविद्युत परियोजना लिमिटेड मार्फत श्री उदय माध्यामिक विद्यालयमा, शान्तिपूर गुल्मिमा Automatic Weather Station (AWS) स्थापना गरिएको छ । विद्यालयका प्रधानाध्यापकको तजविजमा त्यसै  बिद्यालयका विद्यार्थीबाट उक्त Station को रिडिङ गराईने  र यसबाट प्रत्यक्ष रुपमा विद्यार्थी वर्ग र स्थानिय निकाय, स्थानिय बासिन्दा लाभान्वित हुने  विश्वास परियोजनाले लिएको छ । 

View Mores Download

वोनस शेयर प्रस्ताव गरिएको बारे ।

कम्पनीको मिति २०७९/०७/०४ गते  बस्ने १७औं साधारण सभामा  साधारण सभाको प्रयोजनका लागी कम्पनीको शेयर दाखिल खारेज बन्द हुने मिति २०७९/०६/२७ रहेकोले मिति २०७९/०६/२६ सम्म कायम रहने शेयरधनीहरु लाई आ.व. २०७८/०८९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०% वोनस शेयर जारी गर्ने  र सोको कर प्रयोजनका लागी ०।५२६३ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गर्ने निर्णय भएको  ब्यहोरा सम्बन्धीत सबैमा जानकारी गराउँदछौ ।


 

View Mores Download