लक–ईन (Lock In) अवधि समाप्त हुन लागेको सार्वजनीक सूचना प्रकाशित गरिएको बारे ।

नेपाल धितोपत्र बोर्डको पत्र संख्या २०८०/०८१ चलानी नं १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिमको सार्वजनिक सूचना मिति २०८०/१२/०१ गते कारोवार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिएको ब्यहोरा जानकारी सवै शेयर महानुभावहरुमा गराउदछु ।

View Mores Download

१८औं वार्षिक साधारण सभामा पारित लाभांश वितरण सम्बन्धमा ।


१८औँ (आ.व.२०७९/०८०) वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद  लाभांश (कर बाहेक)  वितरण गर्ने प्रस्ताव पारित भए बमोजीम डिम्याट भैसकेका शेयरधनिहरुको खातामा मिति २०८०/१०/०५ गतेबाट खातामा पठाउने कार्य भएको ब्यहोरा सबैमा जानकारी गराइन्छ साथै आफ्नो शेयर सर्टिफिकेट डिम्याट गरि नसक्नु भएका सवै शेयरधनिहरुलाई पनि शेयर सर्टिपिकेट डिम्याट गरी कम्पनीद्धारा वितरण भएको नगद लाभांश प्राप्त गर्नु हुन अनुरोध गर्दछौ ।

View Mores Download

१८औं (२०७९/८०) वार्षिक साधारण सभा सम्पन्न ।

मिति २०८०/०९/२५ गते, बुधबार (तद्अनुसार जनवरी १०, २०२४) लिसरा रेसेप्सन्स् नक्शाल काठमाण्डौ मा सम्पन्न भएको र वार्षिक साधारण सभामा प्रस्ताव गरे बमोजिम आ.व. २०७९/८० अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०।५२६३ % (कर सहित) नगद लाभांश पारित गर्ने प्रस्ताव पारित भएको सबैमा जानकारी गर्दछौ  ।

View Mores Download